Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा जनतासँग सरकारको आग्रह – सिक्का पैसा खर्च गर्नुस्

एजेन्सी। विश्वको सबैभन्दा ठूलो आर्थिक महाशक्ति अमेरिकाले ठूलो परिमाणका नोटहरु खर्च गर्न नभनी किन सानो परिमाणका सिक्काहरु खर्च गर्न जनताहरुसँग अनुरोध गर्यो होला त ? वास्तवमा सरकारले यस्तो अपिल गर्नुको खास कारण रहेछ ।

यो घटना केही हप्ता अगाडिको हो । कोरोना महामारी चरम रुपमा वृद्धि भएको अवस्थामा जारी लकडाउनका कारण अमेरिकी बजारमा डलर तथा सेन्टका सिक्काहरुको चरम अभाव भयो । एकातिर महामारीका कारण बजारहरुमा कम कारोबार भयो भने कारोबार हुँदासमेत धेरै मानिसहरुले भुक्तानीका लागि रकमको सटही गर्नुको साटो कार्डको प्रयोग गर्न थाले ।

यसरी जनताहरुसँग भएका सिक्काहरुसमेत किनमेलमा प्रयोग हुन नपाएपछि बजारमा सिक्काको प्रवाह भएन । जसका कारण सरकारले नै जनताहरुलाई आफूसँग भएका सिक्का खर्च गर्न आग्रह गर्नुपरेको थियो । कोरोना भाइरस महामारीको यो समयमा आफ्ना जनतालाई आफूसँग भएको पैसा खर्च गर्न आह्वान गर्ने देशहरु सायदै होलान् । तर अमेरिकी सरकारले चाहिँ जनतालाई आफूसँग भएका सिक्का पैसाहरु खर्च गर्न अपिल गर्नुपरेको हाे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077