Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पाटन अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु, होम आइसोलेसनमै बसेका पनि मृत भेटिए

    पाटन अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु, होम आइसोलेसनमै बसेका पनि मृत भेटिए

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं।  भक्तपुर र ललितपुरमा कोरोना संक्रमित चार जना बिरामीको मृत्‍यु भएको छ। पाटन अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

    मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाका ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए। पाटनका युवक र भैरहवाका पुरुष किड्नीका विरामी थिए। जलेश्वरकी महिलामा भने रगतमा समस्या रहेको पाइएको छ।



    त्यस्तै, भक्तपुर  दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।



    उच्च रक्तचाप, महुमेहका बिरामी ती पुरुषको भदौ ११ मा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।  आइसोलेसनमै स्वास्थ्यलाभ गरिरहेका ती पुरुषको शनिबार राति मृत्यु भएको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार