Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सन्दीपको जमैका तेस्रो खेल जितेर तेस्रो स्थानमा

    सन्दीपको जमैका तेस्रो खेल जितेर तेस्रो स्थानमा

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौँ — जमैका तलाबाजले क्यारेबियान प्रिमियर लिगमा शनिबार तेस्रो खेल जितेर अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएसलाई ३७ रनले हरायो ।

    पहिले ब्याटिङ गरेको जमैकाले जितका लागि तय गरेको १ सय ४८ रनसामु सेन्ट किट्स १ सय १० रन बनाएर अलआउट भएको थियो । सेन्ट किट्स १९.४ ओभर मात्र टिकेको थियो ।



    सन्दीपले त्यसमा चार ओभर बलिङ गर्दै २७ रन दिएर दुई विकेट लिए । लेग स्पिनर सन्दीपले एभिन लेविस र इस सोढीलाई आउट गरे । यसअघि ग्लेन फिलिप्सको ७९ रनको मदतले जमैकाले ६ विकेटम १ सय ४७ रन बनाएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार