Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • चितवनमा थप एक जना कोरोना संक्रमित बिरामीको  मृत्यु

    चितवनमा थप एक जना कोरोना संक्रमित बिरामीको  मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 2.7K
    SHARES

    चितवन । चितवनमा थप एक जना उपचाररत कोरोना संक्रमित  बिरामीको  मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ ५ः५० बजे निधन भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

    निमोनिया भएर यही भदौं ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको आज अपराह्न कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।



    यसअघि आजै बिहान चितवन मेडिकल कलेजमै बाराका एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार