Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चितवनमा एकै दिन ८८ जनामा कोरोना पुष्टि

    चितवनमा एकै दिन ८८ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 2.7K
    SHARES

    चितवन।  चितवन मेडिकल कलेज (सीएमसी)को कोभिड ल्याबमा परीक्षण गरिएको १९६ नमुना मध्ये चितवनका ६१ सहित ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    भदौ १२ गते सीएमसीले गरेको परीक्षणमा चितवनका ६१ जना रहेका छन् । त्यस्तै, नवलपरासी पूर्वको गैँडाकोट–१० का ४६ वर्षीय पुरुष, तनहूँको भानु–४ का ३३ वर्षीय पुरुष, रुपन्देहीको लुम्बनी–३ का ३२ वर्षीय पुरुष र पाल्पाको रम्भा–३ का ६४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
    चितवनको सबैभन्दा बढी रत्ननगर नगपालिका–४ मा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको रिपोर्टअनुसार रत्ननगर ४ का ३५ जना पुरुष, दुई जना महिला तथा रत्ननगर १० का एक जना पुरुषमा कोरोना देखिएको हो ।



    त्यस्तै, राप्ती ८ को २३ वर्षीया महिलामा समेत कोरोना देखिएको छ । भरतपुरमा चार महिला तथा १९ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।



    भरतपुरको वडा नम्बर २ मा एक जना पुरुष, वडा नम्बर ४ मा १३ जना पुरुष तथा दुई जना महिला, वडा नम्बर ६ मा एक जना पुरुष, वडा नम्बर १० मा दुई जना पुरुष, वडा नम्बर १४ र २८ मा एक/एक जना पुरुष तथा वडा नम्बर १९ मा एक जना महिलामा कोरोना पुष्टि भएको छ । चितवनमा आज एकै दिन ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार