Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी हिरासतमा मृत्यु प्रकरण : डिएसपी महतो तानिए, गृहले छानबिन थाल्यो

रौतहट । प्रहरी हिरासतमा  मृत्यु भएका विजयराम चमारको प्रकरणमा गृह मन्त्रालयले छानबिन थालेको छ । प्रहरी हिरासतमा रहेका रौतहटका विजयरामको प्रहरी यातनाका कारण मृत्‍यु भएपछि गृहले मन्त्रालयले छानबिन थालेको हो ।

उनको मृत्युपछि आफन्तले छानबिनको माग गर्दै दुई दिनदेखि प्रदर्शन गर्दै आएका छन् ।

गृहले छानबिनका लागि इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोगेन्द्र निरौलाको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति समेत गठन गरेको छ ।

समितिमा प्रदेश प्रहरीको तर्फबाट प्रहरी निरिक्षक र रौतहट राष्ट्रिय अनुसन्धानका प्रमुख सदस्य रहने गरी समिति गठन गरिएको हो ।

जयरामको मृत्यु प्रकरणमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो पनि दोषी भएको परिवारजनले आरोप लगाएका छन् । महतोलाई जिल्ला प्रहरी कार्यालय गौर तानिएको छ ।

गरुडाका निरञ्जन रामको घाटी रेटी हत्या भएपछि पक्राउ परेका ७ जनामध्ये विजयराम चमारलाई हिरासतमा प्रहरीले चरम यातना दिएपछि मृत्यु भएको हो । प्रहरीको अत्याधिक कुटपिटका कारण उनको मृत्यु भएको  प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077