Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • निषेधाज्ञाकै कारण उपत्यकामा संक्रमितकाे संख्या घटेकाे हाे त ? यस्ताे छ १० दिनकाे तथ्यांक

    निषेधाज्ञाकै कारण उपत्यकामा संक्रमितकाे संख्या घटेकाे हाे त ? यस्ताे छ १० दिनकाे तथ्यांक

    १० हजार ९७१ को पीसीआर गर्दा ८८४ मा संक्रमण, निको हुनेको संख्या २० हजार ५५५ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर नै कोरोना संक्रमितको संख्य दिन प्रतिदिन बढिरहेको छ । तर, हिजोको तुलनामा आज भने संक्रमितको संख्या केही कम भएको छ ।

    हिजो (शुक्रबार) थपिएका संक्रमितमध्ये करिब ४५ प्रतिशत काठमाडौं उपत्यकाकै देखिएको थियो । हिजो देशभर ९२७ संक्रमित देखिएकामा काठमाडौं उपत्यकामा मात्र ४१५ जनामा पुष्टि भएको हो, जुन कुल संक्रमितको ४४.७६ प्रतिशत हो ।



    तर, आज भने उपत्यकामा जम्मा १८६ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये काठमाडौंमा १५५, ललितपुरमा १२ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ९७१ जनाको पीसीआर परीक्षण गर्दा ८८४ जनामा कोरोना पुष्टि भएको हो।

    उपत्यकाका तीन वटै जिल्लाले भदौ ४ गतेदेखि गरेको निषेधाज्ञाकै कारण कोरोना संक्रमितको संख्या घट्न थालेको अनुमान लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि एक सातापछिमात्र त्यसको रिजल्ट आउने बताएको थियो ।

    उपत्यकामा निषेधाज्ञा जारी गरेको आज १० दिन पुगेको छ । उपत्यकामा दिनदिनै बढिरहेको संक्रमितको संख्या आज भने घटेको हो ।
    उपत्यकामा साउन ७ गतेदेखि भदौ १२ गतेसम्मको अवधिमा सबैभन्दा बढी शुक्रबार ४१५ जनामा कोरोना संक्रमण देखिएको थियो । उपत्यकामा निषेधाज्ञा शुरु भएको दिन भदौ ४ गते २००, भदौ ५ गते १८२, भदौ ६ गते २१६, भदौ ७ गते १६६, भदौ ८ गते २२४, भदौ ९ गते २३२, भदौ १० गते ३०१ र भदौ ११ गते ३७७ जनामा संक्रमण देखिएको थियो ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना कोरोना संक्रमण मुक्त भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजित नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लाबाट गरी ३ सय १३ जना डिस्चार्ज भएका जानकारी दिएको हो । यो सँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार