Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोटेश्वरका १९ ट्राफिक प्रहरीलाई कोरोना संक्रमण

    कोटेश्वरका १९ ट्राफिक प्रहरीलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीलाई कोरोना भाइरस संक्रमण भएको छ । शुक्रवार साँझमात्रै १७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

    संक्रमित ट्राफिकलाई प्रहरी अस्पताल महराजगञ्जको आइसोलेशनमा भर्ना गरिएको छ । रिपोर्ट नेगेटिभ आएका ट्राफिक प्रहरीहरु नियममित ड्युटी गरिरहेका छन् ।



    त्यसअघि दुईजनालाई संक्रमण देखिएको थियो । शुरुमा देखिएका दुईजनाको ‘क्लोज कन्ट्याक्ट’मा रहेका ३३ प्रहरीको पीसीआर जाँच गर्दा १७ जनाको कोभिड–१९ पोजेटिभ रिपोर्ट आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले जानकारी दिए ।



    त्यस्तै, महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जमा १४ जना ट्राफिकलाई कोरोना संक्रमण देखिएको छ । महाराजगञ्जका संक्रमित मध्ये दुईजना कोरोना जितेर नियमित ड्युटीमा फर्किसकेका छन् ।
    काठमाडौं उपत्यकामा हालसम्म ११० जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार