Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • वीरगञ्जमा दुई र धरानमा एक जना कोरोना संक्रमितको मृत्यु

    वीरगञ्जमा दुई र धरानमा एक जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 2.8K
    SHARES

    वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित थप दुई जना बिरामीको  मृत्यु भएको छ । एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको  छ ।

    एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मात्रै उनलाई वीरगञ्ज कोभिड अस्पताल हेल्थ केयरमा ल्याइएको थियो । राति  उनको मृत्यु भएको थियो ।



    अर्का ३७ वर्षीय युवकको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि तराई अस्पतालमा उपचार भइरहेकोमा शुक्रबार दिउँसो कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो ।



    स्थिति गम्भिर भएपछि तराई अस्पतालकै एम्बुलेन्समा भेन्टिलेटर र क्रिटिकल केयरमा काम गर्ने स्वास्थ्यकर्मीसहित थप उपचारका लागि काठमाडौं रिफर गरिएकोमा राती मुग्लिङ पुग्दा उनको मृत्यु भएको हो ।

    पर्साका मात्रै ३६ जनाको कोरोनाबाट मृत्यु भएको छ । त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकज कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार