Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अर्बाै घाेटाला हुन लागेकाे रेलमार्गकाे ठेक्का स्थगित

    अर्बाै घाेटाला हुन लागेकाे रेलमार्गकाे ठेक्का स्थगित

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । अर्बाै घाेटाला हुन लागेकाे रेल मार्गकाे ठेक्का स्थगित भएकाे छ। ह्याकरहरुको एक समूहले रेल विभागको सफ्टवेयर नै ह्याक गरेपछि उक्त रेलमार्गकाे ठेक्का प्रक्रिया स्थगित गरिएकाे हाे। एक साता अघि सफ्टवेयर ह्याक भएको र सार्वजनिक खरिद अनुगमन कार्यालयले रिकभर गर्न प्रयास गर्दा पनि सफलता हात नलागेपछि टेण्डर प्रकृया नै अलपत्र परेको विभाग स्रोतले बताएकाे छ।

    ३२ अर्ब बराबरको रेलको टेण्डरको चौतर्फी विरोध भइरहेको छ । संसद चलेको भए यो विषयले अवरुद्ध नै हुने अवस्था उत्पन्न हुन थियो । तर, संसद नचलेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीकै संरक्षणमा प्रतिष्पर्धालाई सिमित गरी सेटिङमा ठेक्का दिन लागिएकोमा विरोध हुँदै आएको छ ।



    स्वच्छ प्रतिष्पर्धा भएको भए इनरुवादेखि झापासम्मको रेलमार्ग २० अर्बमा सम्पन्न हुने विज्ञहरुले नै बताउँदै आएका छन् । तर, प्रधानमन्त्री कार्यालयको संरक्षणमा ठेकेदारहरुबीच सेटिङमा टेण्डर टुंग्याउने खेल रचिएको थियो ।टेण्डर मूल्यांकनको अन्तिम चरणमा पुगिसकेका बेला सफ्टवेर नै ह्याक भएको हो । ठेकेदारहरुले ह्याकर पत्ता लगाई रकमको प्रलोभन दिंदा पनि ह्याकहरुले नमानेको विभाग स्रोत बताउँछ । ह्याकर समूहले ठूलो रकम माग गरेपछि ठेकेदारहरु रणभूल्लमा परेका छन् । रेलमार्ग बनाउनका लागि अहिलेम्म जग्गा अधिकरण समेत गरिएको छैन । जग्गा अधिकरण नै नगरी टेण्डर निकालेर मोविलाइजेसन बापतको करिव ६ अर्ब रकम भागवण्डा गरी खाने दाउमा ठेकेदाहरु दौडधुप गरिरहेका छन् ।



    ठेक्काका प्रक्रिया स्थगित भएसगँगै राष्ट्रिय गौरवको आयोजना पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत इनरुवा–काकडभिट्टा खण्डको १ सय ५० किलोमिटर ठेक्का पछि सर्ने भएको हो।सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारि गर्दै साउन २४ देखि २८ गतेसम्म बोलपत्ररआशयपत्ररसिलबन्दी दरभाउपत्र खोल्नका लागि हेर्न खोज्दा डाउनलोड नभएकाले खरिद प्रक्रिया स्थिगित गर्नुपर्ने जनाएको छ।

    रेल विभागले साउन २६ र २७ गरे रेलमार्गको ठेक्का खुलाएको थिए। जसमा १ सय ५० ओटा निर्माण कम्पनी सहभागी भएका थिए। टेन्टर भएको वेबसाइट ह्याक भएर वा अन्य केही कारणले डेटा हराएको हुनसक्ने आशंका गरिएको छ। पछिल्लो समय अनलाइन टेन्डर गर्ने गरिएको छ। यस्तोमा डेटा नै हराउने समस्या आएपछि ठूलो प्रश्न उब्जिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार