Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • चितवनमा फेरि एक साता निषेधाज्ञा थप, विहान ८ बजेसम्म पसल खोल्न पाइने

    चितवनमा फेरि एक साता निषेधाज्ञा थप, विहान ८ बजेसम्म पसल खोल्न पाइने

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 4.9K
    SHARES

    चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेकाे छ । प्रशासनमा आज (शुक्रबार) बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो । आज मात्रै ३ जनाको कारोना भाइरसकाे संक्रमणबाट मुत्यु र संक्रमण हुनेको संख्या बढेको र समुदायमा कम सचेतनादेखेपछि निषेधाज्ञा एक साता थप भएको चितवन प्रशासनले जनाएको छ ।

    यस्तै बैंक तथा वित्तीय संस्थालाई विशेष काम मात्रै गर्न दिने गरी दिउसो १ बजेसम्म खोल्न दिर्ने पनि निर्णय गरेको छ । आज बसेको बैठकले कोरोनाको जोखिम थप बढेको महसुश गरी नियन्त्रणका लागि थप शसक्त रुपमा लाग्ने पनि निर्णय गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी ईश्वर सिम्खडाले बताए ।



    विहान ५ देखि ८ बजेसम्म पसल खोल्न दिने र बेलुका ६ देखि ८ बजेसम्म खाद्य पसल सञ्चालन गर्न दिने निर्णय भएको उनको भनाइ छ । लगातार २ हप्तमा सम्म जिल्लामा निषेधाज्ञा जारी भएपछि जनताको जनजिवन असह बनेको भन्दै सर्वसाधारणदेखि राजनितिक दलका जिल्ला स्थित नेतृत्वले नै अब निषेधाज्ञा खुकुलो बनाउनु पर्ने आवाज उठाउँदै आएका थिए ।



    चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागू हुने गरि भरतपुर महानगरपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको थियो भने साउन ३२ रातिदेखि भदौं ५ गतेसम्मका लागि माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले भदौं ६ गतेदेखि भने १२ गते रातिसम्म लागू हुने गरि जिल्लाभर नै निषेधाज्ञा थप गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार