काठमाडौं। अर्बपती व्यापारी विनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको आँफैले जानकारी गराएका छन्। चौधरीले ट्विटमार्फत् आफूलाई कोभिड १९ को संक्रमण भएको चौधरीले सार्वजनिक गरेका हुन ।
चौधरी ग्रुपका अध्यक्ष उनले लेखेका छन् , 'प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ। भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन।
यद्यपि, मैले चिकित्सकहरुको सल्लाहअनुसार आफूलाई आइसोलेट गरेको छु। मसँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला।'
https://twitter.com/BinodKChaudhary/status/1299243535380762636?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1299243535380762636%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fpahilopost.com%2Fcontent%2F20200828130830%3Ffbclid%3DIwAR3duAtbehlK5r1Zw-v6ukDc6YFBGfgML56LJqaXawosxM2fABMN51IHzm0