Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • विराटनगर र चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्‍यु

    विराटनगर र चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्‍यु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा  कोरोना संक्रमित महिलाको निधन भएको छ । सिराहा घर भई विराटनगर ६५ वर्षीया महिलामा दमको पुरानो समस्या रहेको थियो ।

    शुक्रबार बिहान मात्रै मोरङको बेलबारी नगरपालिका ५ कि ५६ वर्षीया कोरोना संक्रमित महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।



    त्यस्तै,चितवनको पुष्पाञ्जली अस्पतालमा पनि  कोरोना संक्रमित दमका बिरामीको मृत्यु भएको छ ।



    भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको शुक्रबार विहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    शुक्रवार विहानै चितवन मेडिकल कलेज भरतपुरमा हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार