काठमाडौं। बिदेशको कमाइलाई बैधानिकता दिने क्रममा डलर अर्बपति विनोद चौधरीका दुईजना छोरा राहुल र बरुणको स्टाटसलाई लकडाउनकै वीच हतार हतार फेरि गैरआवासीय नेपाली (एनआरएनए) बनाइएको छ ।
दुई वर्षभन्दा बढी समय विदेशमा बसेर व्यवसाय गरेका नेपालीलाई पनि एनआरएनएको सदस्य मानिने भएकाले उनीहरूले समेत उक्त हैसियतको उपयोग गरेका हुन् ।
साउन अघिको लकडाउनमा पनि परराष्ट्र मन्त्रालयमाथि चौधरी पुत्रको एनआरएन कार्ड नवीकरणको ठूलै दबाब पर्यो । एनआरएनको हैसियतमा विदेशमा व्यवसाय सञ्चालन गर्दै आएका राहुल र बरुणले नवीकरणको लागि गत चैतको अन्ततिर आवेदन दिएका थिए ।
तर, लामो समयदेखि चौधरी ग्रुपको वैदेशिक लगानी,व्यवसाय र कारोबारमा विवाद रहेको समाचारले परराष्ट्रका कर्मचारीलाई पेश भएका कागजातको पूर्ण अध्ययन गर्न बाध्य बनाएको बुझिएको छ ।
स्रोतका अनुसार ‘चौधरी ग्रुपको डलर कारोबारबारे विगतमा आएका समाचारले हामी सम्पूर्ण कागजातको सुक्ष्म अध्ययन गर्न बाध्य भयौं । यिनका हस्याङ्ग फस्याङ्ग र कुदाकुद पनि अस्वाभाविक देखिए । दालमा कुछ गडबडी छ भन्ने लाग्यो र त्यसैले टुंगोमा पुग्न तीन,चार महिनाअघि सकिएन ।’
नीति योजना र गैह्रआवासीय नेपाली महाशाखाका शाखा अधिकृत सविता नकर्मी, प्रेम गौतम, उपसचिव बिष्णु गौतम र सहसचिव कुमार खरेलले कैफियतको आशँका राखेपछि सचिव शंकर बैरागी आफैले पनि यो केसलाई टेकओभर गरी गम्भीरतापूर्वक थप अनुसन्धान अघि बढाएका थिए ।
नेपाली मूूलका विदेशीले एनआरएनको हैसियत प्राप्त गर्न आफ्नै पुरानो नागरिकताको फोटोकपीसँगै मातापिता वा हजुरबा,हजुरआमाको नागरिकताको फोटोकपी राखेर आवेदन गर्नुपर्छ ।
साथै निजले ग्रहण गरेको विदेशी नागरिकता र राहदानीको प्रतिलिपिसँगै नेपाली नागरिकता परित्यागको प्रमाणपत्र पनि संलग्न गर्नुपर्छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा नागरिकता त्यागेपछि प्राप्त हुने आत्मसमर्पण (सरेण्डर) पत्रसमेत संलग्न गर्नुपर्छ ।
त्यसैगरी दुई वर्षभन्दा बढी समय विदेशमा व्यवसाय गरेर बसेका नेपालीलाई पनि एनआरएनको हैसियत दिने व्यवस्था रहेको बताइएको छ । चौधरीपुत्रहरू पनि युएई अर्थात संयुक्त अरब इमिरेट्समा रियल इस्टेट र केन्या,मरिससलगायत विभिन्न ठाउँका लगानीको नाममा भीसा र बिदेशमा आर्थिक कारोवार देखाएर यहि कानुनी व्यवस्थाबाट एनआरएन कार्ड नविकरण गर्न सफल भएका हुन् ।
बिनोद चौधरी नेपालको रातो राहदानीवाला माननीय, उनको नाममा कारोवार देखिन भएन,त्यसैले छोराहरुलाई अघि सारेर यता र उताको आम्दानीलाई यो रूपमा बैधानिकता दिइएको श्रोतको दावी छ । (हरि गजुरेल, जनआस्थाबाट साभार )
Leave a Reply