Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • काठमाडौंमा प्रत्येक घण्टा १० जनालाई कोरोना संक्रमण, तीव्र गतिमा फैलियो

    काठमाडौंमा प्रत्येक घण्टा १० जनालाई कोरोना संक्रमण, तीव्र गतिमा फैलियो

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 3.2K
    SHARES

    तस्बिर रोयटर्स

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रूपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । अहिले देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरिएको छ भने केही जिल्लामा आवतजावत बन्द गरिएको छ ।

    संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा दैनिक झन्डै २ सय जना संक्रमित थपिने गरेका छन् । गत ४ भदौदेखि लागु हुने गरी काठमाडौं उपत्यकामा निषेधाज्ञा गरिएको छ । त्यसपछि एक साता थपिएको छ । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा बिहान बेलुकाको समयमा तरकारी किनमेलमा भीडभाड बढ्ने गरेको छ ।



    यस्तै, बिहान बेलुका बजार खुल्दा जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना हुन सकेको छैन । सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले आजभोलि थपिएका संक्रमितहरू निषेधाज्ञाअघि नै संक्रमण भएको व्यक्ति हुन सक्ने बताए । उनले भने, ‘लकडाउन खोल्नेबित्तिकै मानिसहरू एकै पटक बाहिर आए । त्यसरी आउँदा जनस्वास्थ्यको मापदण्ड पालना भएन । निषेधाज्ञा प्रभावकारी भए नभएको अबको केही दिनपछि थाहा हुन्छ ।’



    पछिल्लो एक सातालाई आधार मान्दै काठमाडौं उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

    पछिल्लो एक साताभित्र उपत्यकामा मात्रै १ हजार ७ सय १८ जना संक्रमित थपिएका छन् । गत शुक्रबार १ सय ८२, शनिबार २ सय १६, आइतबार १ सय ८६ र सोमबार २ सय २४ जना नयाँ संक्रमित थपिएका छन्,आजको राजधानीमा प्रशान्त वलीले समाचार लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार