Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रहरीको गोलीबाट मृत्यु भएका आलमकाे परिवारलाई १० लाख  रूपैयाँ क्षतिपूर्ति

    प्रहरीको गोलीबाट मृत्यु भएका आलमकाे परिवारलाई १० लाख  रूपैयाँ क्षतिपूर्ति

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 2.7K
    SHARES

    झापा । झापा गाउँपालिका-३ मा प्रहरीको गोली लागी बुधवार मृत्यु भएका रफिकुल आलमका परिवारलाई १० लाख  रूपैयाँ क्षतिपूर्तिवापत रकम उपलब्ध गराउनेलगायत ७ बुँदे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा मृतकको परिवारलाई तत्काल काजकिरिया खर्चवापत गाउँपालिकाले ५० हजार रूपैयाँ उपलब्ध गराउने छ ।

    त्यस्तै छोराछोरीको शिक्षादीक्षाका लागि नेपाल सरकारसँग अनुरोध गर्ने, सामाजिक सद्भाव बिग्रन नदिन दुवै पक्ष सजग रहने, क्षतिपूर्तिवापत संघीय र प्रदेश सरकारसँग १० लाख रूपैयाँ उपलब्ध गराउन पहल गर्ने, शव परिवारले बुझेर परीक्षण गरी अन्त्येष्टि गर्नेलगायत सहमति भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।



    सहमतिपछि शुक्रबार परिवारले शव बुझ्ने छ । सो घटनाको थप अनुसन्धान गर्नका लागि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुखसहितको तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाइएको छ ।



    छलफलमा संघीय सांसद, प्रदेशसभा सदस्यसहित स्थानीय जनप्रतिनिधि, पीडित परिवार, राजनीतिक दल र सामाजिक अगुवाको सहभागिता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार