Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोना प्रकोप अझै बढ्ने सरकारकाे चेतावनी, सावधानी अपनाउन आग्रह

    कोरोना प्रकोप अझै बढ्ने सरकारकाे चेतावनी, सावधानी अपनाउन आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सरकारले काेराेना भाइरस (कोभिड १९) काे संक्रमण अझै केही दिन थप बृद्धि हुने भएकाले चुनौति सामान गर्न तयार रहन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले घना बस्तीमा संक्रमण बढिरहेको बताए।

    ‘सामाजिक विभेदका सोच एवं ब्यवहार देखा परेको घटना बढेका छन्। केही दिन प्रकोप थप बृद्धि हुने आँकलन गरिएको छ। हामीले थप चुनौतिका बेहोर्नु पर्ने छ,’ उनले भने। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले परीक्षणको दायरा फराकिलो बनाएको बताए।



    घरमै आइसोलेसनमा बस्न पनि सरकारले आग्रह गरेको छ। लक्षण नदेखिएका बिरामीलाई घरमै बस्न आग्रह गरिएको हो। सरकारको सबै निकाय कोभिड-१९ संक्रमण नियन्त्रणमा खटिएको गौतमले बताए।



    समाजमा चिकित्सक तथा संक्रमितका परिवार प्रति विभेद भएको भन्दै समाजले साहनुभुति प्रकट गर्न गौतमले आग्रह गरे। विश्वमा भइरहेका अध्ययन सरकारले भित्र्याएको उनले बताए। विभिन्न देशमा विकास भइरहेको कोभिड १९ को खोप नेपालले पनि भित्र्याउन पहल गर्ने उनको भनाई छ।

    संक्रमणको दुरी बढेपछि सरकारले सचेत रहन चेतावनी दिदै आएको छ। बिहीवारमात्रै अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन्। १ हजार १ सय ११ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो। हालसम्म नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार