Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मकवानपुरका ५ जना थुनुवामा कोरोना संक्रमण

    मकवानपुरका ५ जना थुनुवामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 2.3K
    SHARES

    मकवानपुर । मकवानपुरमा प्रहरी हिरासतमा रहेका पाँचजना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरको थाहा नगरपालिका–७ का ३०, ५९ र ३० वर्षीय ३ जना तथा बारा जितपुरका २८ र २४ वर्षीय २ जना थुनुवालाई कोरोना देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा पाँचजना थुनुवासहित १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।थुनुवा ५ जना नै लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार