Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कुलमान घिसिङलाई सरकारले हाेइन, सामाजिक सञ्जालले नियुक्ति दियो : युवराज खतिवडा

    कुलमान घिसिङलाई सरकारले हाेइन, सामाजिक सञ्जालले नियुक्ति दियो : युवराज खतिवडा

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 4.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशककाे नियुक्ति सरकारले नगरेकाे बताएका छन् । तर सामाजिक सञ्जालले नियुक्ति दिएको उनकाे भनाइ छ ।

    बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले भने ‘(उहाँलाई) कुलमान घिसिङलाइ  सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन ।



    सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार