Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • अमेरिकालाई टार्गेट गरी चीनद्वारा दुई मिसाइल प्रहार

    अमेरिकालाई टार्गेट गरी चीनद्वारा दुई मिसाइल प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 4.4K
    SHARES

    बेइजिङ । अमेरिकालाई टार्गेट गरी बुधबार चीनले दुई मिसाइल प्रहार गरेकाे छ।र चीनले दुई वटा मध्यम दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल प्रहार गरेको हाे। साउथ चाइना मर्निङ पोस्टका अनुसार ‘अमेरिकालाई चेतावनी दिन’ उसले ‘एयरक्राफ्ट–करियर किलर’ प्रहार गरेको हाे।

    चीनले आफ्नो ‘नो–फ्लाई जोन’ मा अमेरिकी जासुसी विमान उडेको एकदिनपछि त्यसको प्रक्रिया स्वरूप मिसाइल प्रहार गरेको पोस्टले जनाएको छ। यसले स्पष्ट रूपमा अमेरिकालाई चेतावनी दिनकै लागि प्रहार गरिएको पोस्टले उल्लेख गरेको छ। एकदिन अघि बोहाइ नदी क्षेत्रमा चिनियाँ नौसेनाले ड्रिल गरिरहेका बेला ‘यू–२’ नामक अमेरिकी जासुस विमान त्यस क्षेत्रको आकाशमा प्रवेश गरेको चीनले बताएको छ।



    दुई मिसाइलमध्ये पहिलो डीएफ–२६बी सिन्झाइ प्रान्तको उत्तरपश्चिम क्षेत्रबाट प्रहार गरिएको थियो। त्यस्तै दोस्रो डीएफ–२१डी मिसाइल जेचीआङ प्रान्तको पूर्वी क्षेत्रबाट प्रहार गरिएको थियो।
    उक्त मिसाइल दक्षिण चिनियाँ सागरमा प्रहार गरिएको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार