Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुग्लिन-नारायणगढ सडक अवरुद्ध

मुग्लिन । सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान करिब ७ बजेतिर सुख्खा पहिरो खसेकाे हाे जसले गर्दा सवारीसाधन बाटैमा राेकिएका छन्।

पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ। पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। bतस्वीर: रन्जिला आचार्य क्षेत्री

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077