Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • जग्गाको कम थैली देखाउँदै हुनुहुन्छ ? अब महालेखाको फन्दामा पर्नु होला

    जग्गाको कम थैली देखाउँदै हुनुहुन्छ ? अब महालेखाको फन्दामा पर्नु होला

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 3.7K
    SHARES

    WINNERAA

    काठमाडौं । राजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लामा रहेका मालपोत कार्यालय, घरजग्गा खरिदकर्ता र दलालको मिलेमतोमा जग्गाको कम थैली कायम गरी करोडौं रुपैयाँ अनियमितता भएको पाइएको छ ।

    मालपोत कार्यालयबाट पारित हुने लिखितमा जग्गाको बाटोको स्तरका आधारमा न्यूनतम मूल्यांकन पुस्तिकामा दरभन्दा घटी थैली कायम गरी राजीनामा पास गर्न नमिल्ने कानुनी प्रावधान छ । तर, सो कानुनी प्रावधानविपरीत मालपोत कार्यालय, दलाल तथा जग्गा बिक्री र खरिद गर्नेहरूको मिलेमतोमा करोडौंको झेल हुने गरेको छ ।



    महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६र७७ मा मुलुकका विभिन्न मालपोत कार्यालयमा देखिएको विकृतिका कारण राज्यकोषमा करोडौं‌को क्षति पुगेको ठहर गर्दै सो रकम असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ ।



    महालेखा परीक्षकको प्रतिवेदनअनुसार मालपोत कार्यालय डिल्लीबजारले जग्गाको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लेख गरेभन्दा घटी थैली कायम गरी लिखित पारित गर्दा ११ निःसर्गकर्ताको ४ करोड २४ लाख ७५ हजार, चावहिलका ३ निःसर्गकर्ताको ३ करोड ५ लाख ८८ हजार, परासीका २ निःसर्गकर्ताको ३ करोड ९ लाख ८६ हजार, कलंकीका ६ निःसर्गकर्ताको १ करोड ६५ लाख ८४ हजारसमेत गरी १६ कार्यालयका ५० निःसर्गकर्ताको १८ करोड ५९ लाख ७७ हजार रुपैयाँ थैली रकम घटी कायम भएको पाइएको छ । जसअनुसार थैली कम हुँदा रजिस्टेसन दस्तुर ७४ लाख ५३ हजार रुपैयाँ घटी लिएर राज्यकोषलाई घाटा पारेको महालेखाको ठहर छ ।

    महालेखाका अनुसार ती कार्यालयले जग्गा बिक्रीका क्रममा पुँजीगत लाभकर ८७ लाख १३ हजार रुपैयाँसमेत नलिएको पाइएकाले सम्बन्धित कार्यालयका कर्मचारीबाट असुल उपर गराउन सरकारलाई निर्देशन दिएको छ ।

    महालेखा परीक्षकको कार्यालयका अनुसार मालपोत कार्यालय डिल्लीबजारअन्तर्गतको एक प्रालिले काठमाडौं महानगरपालिका वडा नम्बर ११ को कित्ता नं २४२५ को ६ रोपनी जग्गाको कारोबारमा समेत गोलमाल गरेको पाइएको छ । आजको राजधानी दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार