झापा । किशोरी बलात्कार आरोपमा झापाका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा-७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका वर्ष २२ का अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षका विक्रम हास्दा रहेका प्रहरीले जनाएकाे छ ।
मंगलबार साँझ शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई विरिङ पुलबाट पछ्याउँदै गएका ती युवाले टाङटिङ खोलाको किनारमा बलात्कार गरेको आरोप छ ।
टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिरिएको हाे । लगत्तै उनीहरूलाई मंगलबार साँझ नै पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।
Leave a Reply