Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बाँकेका ५१ नेपाली सेनामा काेराेना संक्रमण

    बाँकेका ५१ नेपाली सेनामा काेराेना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 4K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । बाँकेमा बुधबार ५१ जना नेपाली सेनासहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । कोहलपुर नगरपालिका वडा नं. १ कौशिला नगरस्थित नेपाली सेनाको पश्चिम पृतना शिक्षालय ब्यारेकका ५१ जना जनामा कोरोना संक्रमन फेला परेको महासेनानी नकुल थापाले जानकारी दिए।

    महासेनानी थापाका अनुसार हालसम्म उक्त शिक्षालयका ८१ जना जवानहरूमा संक्रमण पुष्टि भइसकेको छ। संक्रमित सबै प्रशिक्षार्थीहरू रहेको थापाले बताए। दाङबाट आएका व्यक्तिहरूको सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा ती संक्रमितहरू फेला परेको थापाले जानकारी दिए।



    कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना नेपाली सेनाका जवानहरूमा संक्रमण फेला परेको थियो। त्यस्तै, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा संक्रमण फेला परेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार