Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • क्यानडा पठाईदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    क्यानडा पठाईदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 4.2K
    SHARES

    काठमाडाैं । महानगरीय अपराध महाशाखाले क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने ३ जनालाइ पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा आफुलाई प्रभावशाली व्यक्तिको भन्दै ठगी गर्ने सुर्खेत विरेन्द्रनगर-९ घर भई हाल धापासी बस्ने ध्रुव थापा, सुर्खेत विरेन्द्रनगर -९ कै २४ बर्षीय सन्ध्या थापा र जिल्ला सुनसरी धरान-३ का ४६ बर्षीय राजेन्द्र कुमार श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।



    उनीहरूले मोरङ शनिश्चरे घर भई हाल कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनि विश्वास दिलाई एक्काईस लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार