Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सरकार योजनाविहीन भएकाले काेराेना संक्रमण नियन्त्रण बाहिर : नेपाली कांग्रेस

    सरकार योजनाविहीन भएकाले काेराेना संक्रमण नियन्त्रण बाहिर : नेपाली कांग्रेस

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकार चुकेको दावी गरेकाे छ । साथै कोभिड-१९ रोकथामका लागि सरकार दिशाविहीन र योजनाविहीन रहेको कांग्रेसको आरोप छ।

    पार्टीबाट गठित कोभिड–१९ अनुगमन समितिले सरकारी अकर्मण्यता र संवेदनहीनताले संक्रमण नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएको हो । अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले नागरिकको जीवन संकट पर्नुमा सरकार जिम्मेवार रहेको बताए। आर्थिक र सामाजिक असर सम्वोधन गर्न सरकारसँग ठोस योजना नरहेको उनको भनाइ छ।



    कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टीलेटरको व्यवस्था गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराइएको छ। स्वास्थ्यकर्मीलाई बिमाको व्यवस्था कार्यान्वयनको माग गर्दै अनुगमन समितिले कोरोना जोखिम भत्ता उपलब्ध गराउन आग्रह गरेको छ।



    संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरुको उद्धार र उपचारको व्यवस्था सरकार गर्नुपर्ने समितिले जनाएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि भएको दुव्र्यवहार र भौतिक आक्रमण रोक्न माग गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार