Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • उपप्रधानमन्त्री पोखरेलकाे सम्धीको नाममा विवाद भएपछि वाणिज्य बैंककाे बैठक स्थगित

    उपप्रधानमन्त्री पोखरेलकाे सम्धीको नाममा विवाद भएपछि वाणिज्य बैंककाे बैठक स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाकाे नाममा विवादमा आएपछि राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित भएको छ । कोइरालालाई अध्यक्ष पदमा नियुक्ति दिने विषयको चौतर्फी विरोध भएपछि बैठक स्थगित भएको वाणिज्य बैंक एक अधिकारीले बताए।

    ती अधिकारीका अनुसार आजको बैठकको एजेण्डा नै कोइरालालाई अध्यक्ष बनाउने थियो । उनले भने,’उनको नियुक्तिका बारेमा भैरहेको विरोधकाबीच अहिले यो विषयलाई अघि बढाउन उपयुक्त नहुने भन्दै बैठक स्थगित गरिएको हाे।’



    कोइराला यसअघि मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति थिए । कोइरालामाथि आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धकलगायतका पदमा रहँदा अनियमितता गरेको आरोप लागेको थियो ।



    अहिले पनि कोइराला पहुँचकै भरमा फेरि वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउन लागिएको खबर बाहिरिएसँगै चर्को विरोध भएको हो । कोइरालालाई सञ्चालयक समितिको अध्यक्ष बनाउन सरकारले यसअघिका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्य बनाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार