Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अहिलेको भन्दा कडा गर्दै एक साता थपियो उपत्यकामा निषेधाज्ञा

    अहिलेको भन्दा कडा गर्दै एक साता थपियो उपत्यकामा निषेधाज्ञा

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गते एक साताका लागि गरिएको निषेधाज्ञा पुनः एक साता थपिएको छ ।

    बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो।



    भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।



    अत्यावश्यक सेवा तथा वस्तुमा बाहेक पहिलेको भन्दा कडा तरिकाले निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय भएको छ।

    मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित स्थानीय तह, उद्योग वाणिज्य, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय बैठक बसेको थियो। उक्त बैठकमा निषेधाज्ञालाई बढाउँदै जानुपर्ने राय सुझाव पेश भएको थियो।

    निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन्।

    सरकारी गाडी, एम्बुलेन्स, कार्डबाहक सवारीसाधनहरूलाई रोकिने छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार