Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रमुख प्रशासकीय अधिकृत र सवइन्जिनियरविरुद्ध डेढ लाख भ्रष्टाचारकाे मुद्दा दायर

    प्रमुख प्रशासकीय अधिकृत र सवइन्जिनियरविरुद्ध डेढ लाख भ्रष्टाचारकाे मुद्दा दायर

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सवइन्जिनियर किशोरकुमार मोक्तानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

    निर्माणाधीन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।



    जैसी र मोक्तानलाई डेढ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार मुद्दा चलाइएको उनले बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार