Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काठमाडाैं उपत्यकामा एकसाता निषेधाज्ञा थप गर्न सिफारिस

    काठमाडाैं उपत्यकामा एकसाता निषेधाज्ञा थप गर्न सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 3.5K
    SHARES

    काठमाडाैं । जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गर्न सिफारिस गरेकाे छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी मंगलबारको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका स्राेतले जानकारी दियाे ।

    जिल्ला प्रशासन काठमाडौंका एक अधिकारीका अनुसार गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने डिसीसीएमसीमा जनप्रतिनिधिहरु पनि हुन्छन् ।



    यसअघि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक कामबाहेकमा पनि मानिसहरुको आवतजावत नरोकिएको भनदै कडाई गर्ने तयारी पनि प्रशासनको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार