Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

    इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 2K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका चार जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ।

    अख्तियारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी (चेनमेन) विश्वनाथप्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादव तथा ललितपुर गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब–इन्जिनियर किशोरकुमार मोक्तानविरुद्ध मंगलबार मुद्दा दायर गरेकाे हाे ।



    लोध र यादवविरुद्ध चार लाख तथा जैसी र मोक्तानविरुद्ध एक लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए। लोध र यादवलाई जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग चार लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको थियो।



    प्रमुख प्रशासकीय अधिकृत जैसी र सब–इन्जिनियर मोक्तानले वडा नम्बर ११ बज्रबाराहीस्थित निर्माणाधीन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग लिएको एक लाख ५० हजार रुपैयाँसहित अख्तियारले पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार