Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना संक्रमण मुक्त हुनेको संख्या १९ हजार नाघ्यो, आज ३१३ जना डिस्चार्ज

    कोरोना संक्रमण मुक्त हुनेको संख्या १९ हजार नाघ्यो, आज ३१३ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपालमा थप ३१३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १९ हजार ११९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले कुल संक्रमित मध्ये ५७ प्रतिशत संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज भएका जानकारी दिए ।



    यस्तै नेपालमा आज थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । काठमाडाैं उपत्यकामा मात्रै २३२ जना काेराेना संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार