Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेपाल र नेपालीबिरुद्ध पूर्व भारतीय राजदूतकाे गम्भीर षड्यन्त्र

    नेपाल र नेपालीबिरुद्ध पूर्व भारतीय राजदूतकाे गम्भीर षड्यन्त्र

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 3.2K
    SHARES

    श्यामशरण। फाइल फाेटाे।

    काठमाडौं। भारतका पूर्व विदेश सचिव तथा नेपालका लागि भारतीय पूर्व राजदूतले नेपाल र नेपालीबिरुद्ध भारतीय मिडियाहरूलाइ प्रयाेग गरी गम्भीर षड्यन्त्र गरिरहेका छन्। पूर्व राजदूत श्यामशरणले सोमबार नेपालबारे एउटा आपत्तिजनक लेख भारतीय अखबार द हिन्दूमा प्रकाशित गरे।

    उनले शीर्षककाे नाम ‘थिंकिङ थ्रु द नेपाल पोलिसी’ राखेका थिए। लेखमा उनले नेपालले आफ्नो मिचिएको सीमाबारे जतिसुकै तथ्य, प्रमाण र कागजात प्रस्तुत गरे पनि त्यसको कुनै अर्थ नहुने जिकिर गरेर नेपाल र नेपालीकाे भावनाविरूद्द लेखेका हुन्



    उनको लेखमा नेपालको ओली सरकारले नयाँ नक्सा प्रकाशन गरेकोमा तीब्र आक्रोश त व्यक्त भएकै छ, आफ्नो भूमि दावी गर्ने नेपालको अधिकारलाई सिधा इन्कार गरिएको छ। उनले सय वर्षअघि देखि नै सो भूमि भारतमा रहेकोले जति प्रमाण कागजात पेश गरे पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूमि नेपालको नहुने दावी समेत गरेका छन्।



    नेपाल विज्ञ भनेर आफूलाई चिनाउने श्यामशरणले सय वर्षदेखि भारतले उपभोग गरेको जमिन भन्ने तर्क गर्दै जे तथ्य ल्याए पनि त्यसलाई अस्वीकार गरिने तर्क गरेर भारतीय सत्ताधारीहरु नेपालसँगको सीमा वार्तामा कसरी प्रस्तुत हुँदैछन् भन्ने संकेतसमेत दिएका छन्।

    भारतको विदेश मन्त्रालयमा जीवन बिताएका श्यामशरणले किन यति गैरजिम्मेवार तर्क गर्दै नेपाल र नेपालीको राष्ट्रप्रेममाथि धावा बोले ? किनकि, नेपाल र नेपालीमाझ तथ्य र तर्क होइन ठूल्दाई प्रवृत्ति देखाउने भारतीय शासकको हेपाहा प्रबृत्तिका उनी एउटा महत्वपूर्ण व्यक्ति हुन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार