Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • कोरोनाबाट भारतमा एकैदिन ८४८ जनको मृत्यु, मृतकको संख्या ५८ हजार नाघ्यो

    कोरोनाबाट भारतमा एकैदिन ८४८ जनको मृत्यु, मृतकको संख्या ५८ हजार नाघ्यो

    संक्रमित र मृतकको संख्याको आधारमा भारत तेस्रो नम्बरमा

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर हालसम्म २ करोड ३८ लाख १३ हजार १ सय ४६ जना संक्रमित भएका छन् भने ८ लाख १७ हजार ४० जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये हालसम्म १ करोड ६३ लाख ६४ हजार ३ सय ४९ जना निको भएर घर फर्केको तथ्यांक छ ।

    यस्तो भयावह अवस्थामा सबैभन्दा बढि अमेरिकामा ५९ लाख १५ हजार ६ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३२ लाख १७ हजार ९ सय ८१ जना निको भएका छन् भने १ लाख ८१ हजार १ सय १४ जनाको मृत्यु भइसकेको छ ।



    त्यसैगरी दोस्रो नम्बरमा रहेको ब्राजिलमा ३६ लाख २७ हजार २ सय १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २७ लाख ७८ हजार ७ सय ९ जना निको भएका छन् भने १ लाख १५ हजार ४ सय ५१ जनाको मृत्यु भइसकेको छ ।



    त्यस्तै विश्वकै तेस्रो नम्वरमा रहेको हाम्रो छिमेकी राष्ट्र भारतमा ३१ लाख ६७ हजार ३ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १४ लाख ४ हजार ५ सय ८५ जना निको भएका छन् भने ५८ हजार ५ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९७५ नयाँ संक्रमित फेला परेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार