Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • वीरगञ्जमा ‘एक घर, एक परीक्षण’ काठमाडौंमा कहिले ?

    वीरगञ्जमा ‘एक घर, एक परीक्षण’ काठमाडौंमा कहिले ?

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । वीरगञ्जमा गत साउन १२ गते शुरु भएर रोकिएको ‘एक घर, एक परीक्षण’ नीतिलाई फेरि सुरू गरिने भएको छ। गत साउनमा वीरगञ्जमा एक महिनाभित्र ५० हजार जनाको परीक्षण गर्ने भनिए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन ।

    अहिले फेरि सोही नीति अनुसार समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन परीक्षण अगाडि बढाइने भएको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जानकारी गराएका छन् ।



    मेयर सरावगीले यसरी परीक्षण गर्दा परिवारले सिफारिस गरेका सदस्यको स्वाब लिइने पनि बताए।



    तर, नेपालका ७७ जिल्लामध्ये सबैभन्दा बढि संक्रमित भएको जिल्ला राजधानी काठमाडौंमा भने अहिलेसम्म यस्तो नीति तयार हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हिजो (सोमबार) सम्मको तथ्यांक अनुसार काठमाडौंमा २५८१ जना संक्रमित हुँदा जम्मा २०१ जना निको भएर घर फर्केकाछन् भने १२ जनाको मृत्यु भएको छ ।

    काठमाडौं उपत्यकामा भदौ ३ गते राती १२ बजेबाट निषेधाज्ञा गरिएको छ । निषेधाज्ञाको झण्डै एक सातासम्म पनि कोरोना संक्रमितको दर घट्न भने सकेको छैन ।

    काठमाडौंमा संक्रमित देखिए पनि अस्पतालमा बेड खाली छैन घरमै गएर बस्नुस् भन्दै पठाइएको छ । यसले पनि कोरोना सर्न सक्ने सम्भावना बढिरहेको छ । देशका विभिन्न स्थानमा छुट्टै अस्पताल तथा आइसोलेसन सेन्टर स्थापना भएपनि राजधानीमा भने कुनै पनि आइसोलेसन सेन्टर छैनन् ।

    भएका केही आइसोलेसन र अस्पतालका बेडहरु मन्त्री र नेताका आसेपासेहरुमै सिमीत छ । सर्वसाधरण जनता भने अवस्था स्वस्थ्य नाजुक हुँदा पनि घरमै आएर बस्न बाध्य छन् ।

    सर्वसाधरणका लागि कन्ट्य्राक ट्रेसिङ त काठमाडौंमा छैन भन्दा पनि हुन्छ । काठमाडौंको पुतलीसकडमा एक पुरुषमा कोरोना पुष्टि भएको आज चार दिन भइसक्यो । तर, अहिलेसम्म न त उनले अस्पतालको बेड पाए न त उनीसँग सम्पर्कमा रहेकाहरुको कोरोना परीक्षण नै भयो ।

    त्यसैले उपत्यकामा निषेधाज्ञा जारी राखेपनि कोरोनाको भयावह अवस्था नआउला भन्न सकिन्न । समूदायस्तरमा कोरोना संक्रमण फैलिएको बारेमा केही समय अघि विभिन्न स्थानको नमूना संकलन गरेर परीक्षण गरेको भए पनि त्यतिबेला अहिलेजस्तो संक्रमण फैलिएको थिएन ।

    यतिबेला परीक्षणको दायरा बढाउनु पर्नेमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पीसीआर परीक्षण समाधान होइन, यसले करोडौं रकम विदेशिन्छ भन्दै आएका छन् ।

    पीसीआर परीक्षण समाधान नहुन सक्छ तर, यस्तो अवस्थामा परीक्षणको दायरालाई बढाएर, कन्ट्य्राक टे«सिङ गर्दै आइसोलेसन सेन्टरमा राख्ने हो भने कम्तिमा एक संक्रमितबाट अर्कोमा सर्ने सम्भावना त कम हुन्थ्यो ।

    यद्यपी काठमाडौंमा भने एक घर एक परीक्षण नीतिले पनि खासै उल्लेख्य नतिजा दिन सक्छ जस्तो लाग्दैन । किनकी काठमाडौंमा त एउटै घरमा धेरै परिवारको बसोबास रहँदै आएको छ । त्यसैले एक परिवार एक परीक्षण गर्नुपर्छ । जुन अहिलेको अवस्थामा सम्भव देखिदैन । त्यसैले आफै सचेत भएर कोरोना लाग्नै नदिनु पहिलो उपाय हो भने यदि लागिहालेमा पनि सुरक्षीत भएर घरमै बस्नु दोस्रो उपाय हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार