Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • पाेखरामा सञ्चारकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण

    पाेखरामा सञ्चारकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडाैँ । यहाँ एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा चार कोरोना सङ्क्रमितमध्ये एक सञ्चारकर्मीसमेत परेको उल्लेख छ ।

    स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने ३४ वर्षीय ती पुरुष सञ्चारकर्मीमा सङ्क्रमणको लक्षण नभएको तर कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा पोजिटिभ देखिएको जनाइएको छ। कोरोनाको जोखिम बढ्दै गएपछि पोखरा– २८ घर भएका सञ्चारकर्मीले आफू कार्यरत एफएममै आवासीय रुपमै रहेर काम गर्दै आएका थिए। पोखरा –२७ को एक बैंकमा कार्यरत सुरक्षाकर्मीलाई सङ्क्रमण पुष्टि भएपछि ती सञ्चारकर्मी कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको थियो । उक्त बैंक भएको भवनमा उनी कार्यरत एफएम छ । उनको स्वाब शनिबार पोखरा –२७ को वडा कार्यालयमा सङ्कलन गरिएको थियो ।



    सङ्क्रमण पुष्टि भएपछि उनलाई आइसोलेशनमा लैजाने तयारी गरिएको छ । उनीसँग परिवारका व्यक्ति पनि सम्पर्कमा आएकाले कन्ट्याक्ट ट्रेसिङको प्रक्रिया अघि बढाइएको छ । प्रदेश निर्देशनालयको आज सार्वजनिक पछिल्लो जानकारीअनुसार पोखरामा मात्रै ११ र गण्डकीमा १७ कोरोना सङ्क्रमित थपिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार