Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • काेराेनाकाे कहर: समुदायमा फैलिने जोखिम बढ्दै

    काेराेनाकाे कहर: समुदायमा फैलिने जोखिम बढ्दै

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 3K
    SHARES

    सूदुरपश्चिम । पछिल्ला दिनमा समुदायस्तरमा कोरोना फैलिने जोखिम बढ्न थालेसँगै रोकथामको प्रयासस्वरूप कैलाली र कञ्चनपुरमा हाल स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पहाडका कतिपय स्थानीय तहहरू ‘सिल‘ गरिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले कोरोना समुदायस्तरमा फैलिने जोखिम बढेको बताए।

    उहाँले भने, “हाल फाटफुटरूपमा समुदायस्तरमा कोरोना देखिन थालेको भए पनि रोग समुदायस्तरमै फैलिइसकेको छैन, ‘लोकल ट्रान्समिसन‘को रूपमा देखिएको छ ।” भारतलगायतबाट भित्रिने नागरिकलाई क्वारेन्टिनमा बसाउँदा अपनाउनुपर्ने सुरक्षाका मापदण्डको पालना गर्न गराउन भएको कमीकमजोरी, क्वारेन्टिनहरू अव्यस्थित भएको र नागरिकहरूले पनि सतर्कता तथा सजगता नअपनाउँदा समुदायस्तरमा कोरोना फैलिने जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ ।



    भारतबाट भित्रिने नागरिकलाई हाल स्थानीय प्रशासनको समन्वयमा होम क्वारेन्टिनमा बस्ने गरी सम्बन्धितकै घर पठाउने गरिएको छ । होम क्वारेन्टिनमा बसेका व्यक्तिको स्वास्थ्यमा केही समस्या भएपछि मात्र स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भनिएको छ । प्रदेशमा गौरीफण्टा र गड्डाचौकी लगायतका सीमा नाकाबाट नेपाल भित्रिने क्रम अझै रोखिएको छैन । पछिल्ला दिनमा लक्षणसहितका सङ्क्रमित फेला पर्न थालेको भए पनि यसको यकिन तथ्याङ्क मन्त्रालयसँग छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार