Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुदूरपश्चिममा दुई प्रतिशत जनसङ्ख्यामा कोरोनाको परीक्षण

    सुदूरपश्चिममा दुई प्रतिशत जनसङ्ख्यामा कोरोनाको परीक्षण

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 3.4K
    SHARES

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा गएको पाँच महिनामा आरडिटी—पिसिआर पद्धतिबाट कूल जनसङ्ख्याको दुई दशमलव एक प्रतिशत अर्थात् ५३ हजार ७४९ जनाको कोरोनाको नमूना जाँच गरिएको छ । जाँच गरिएका नमूनामध्ये सोमबारसम्म पाँच हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो नमूना जाँच गरिएको सङ्ख्या ५२ हजार २१३ को झण्डै १० प्रतिशत हो। प्रदेशको कुल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेको छ ।

    पहिलो पटक गएको चैत दोस्रो हप्तामा प्रदेशमा कोरोनाका सङ्क्रमित फेला परेसँगै कोरोनाको नमूना सङ्कलन र परीक्षणको दायरा बढाउनु पर्ने माग सबैतिर उठ्दै आएको थियो । सङ्क्रमित फेला परेसँगै पिसिआर र आरडिटी पद्धतिबाट शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन गरी जाँचको कार्य शुरु गरिएको थियो । पिसिआर पद्धतिको तुलनामा त्यति भरपर्दो नदेखिएको आरडिटी पद्धतिबाट भने एक लाख २४ हजार ६९० जनाको नमूना जाँच गरिएको छ ।



    स्वास्थ्य सेवा निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार सोमबारसम्म सबैभन्दा बढी प्रदेशको राजधानी जिल्ला कैलालीमा एक हजार ५८४ सङ्क्रमित पुगेका छन् । यस्तै डोटी जिल्लामा ८५०, अछाममा ८३६ कञ्चनपुरमा ६४१, बाजुरामा ४५२, बैतडीमा ३३१, डडेलधुरामा ३१२, बझाङमा २८८ र दार्चुलामा ४४ सङ्क्रमित पुगेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमित कुल ८३८ पुगेकोमा सबै भन्दा बढी डोटी जिल्लामा २६८ छन् । यस्तै कैलालीमा २०२, अछाममा १०५, बझाङमा १७६, बाजुरा, बैतडी र दार्चुलमा आठ÷आठ तथा कञ्चनपुरमा ५० जना सक्रिय सङ्क्रमित पुगेका छन् ।



    हालसम्म कोरोनाका कारण कैलालीमा चार, बझाङ र बाजुरामा दुई÷दुई तथा अछाममा एकसमेत नौ जनाको मृत्यु भएको छ । देशका अन्य प्रदेशमा कोरोना सङ्क्रमितको मृत्यु दर बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा भने मृत्यु दर पछिल्लो एक महिनायता स्थिर देखिएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार गएको साउन १३ गतेसम्म कोरोनाका कारण मृत्यु हुने नौ जना पुगेकोमा त्यसयता कसैको मृत्यु भएको छैन । कोरोनाको सङ्क्रमण दर भने निरन्तर बढ्दो छ । सोमबारसम्म कोरोना पोजेटिभ निको भई डिस्चार्ज हुनेमा चार हजार ४०० पुगेका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको झण्डै ८४ प्रतिशत हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार