Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रचण्डको असहमतिबीच बाणिज्य बैकमा पोखरेलका सम्धी नियुक्त

    प्रचण्डको असहमतिबीच बाणिज्य बैकमा पोखरेलका सम्धी नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 5.2K
    SHARES

    काठमाडौं । सत्तारुढ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जारी विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएपछि नेकपाभित्रको बिबाद समाधान हुने अपेक्षा गरिएको थियो।

    कार्यदलले बुझाएको प्रतिवेदनमा  दुवै अध्यक्षको सल्लाहमा सरकारी नियुक्तीलगायतका निर्णयहरु गरिने उल्लेख थियो। तर, प्रधानमन्त्री ओलीले भने पुरानै शैलीमा नियुक्ती गर्न थालेपछि प्रचण्ड पुन: झस्किएका छन्।



    प्रचण्डलाई जानकारी नै नदिएर राष्ट्रिय बाणिज्य बैकको सदस्यमा डा.उपेन्द्र कोइरालालाई सुटुक्क नियुक्ती गरिएपछि नेकपाभित्र एकताको बारेमा फेरी समस्या पैदा भएको प्रचण्ड निकट स्रोतले वतायो। प्रधानमन्त्री ओलीकै दबाबमा कोइरालालाई खतिवडाले नियुक्ती गरेको खुलेको छ।  सबैभन्दा अचम्म त के छ भने उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलका सम्धी डा. कोइराला सातौं पटक सरकारी नियुक्ति पाउने भाग्यमानी नेपाली हुन् ।



    अर्थमन्त्री डा. युवराज खतिवडाले उनलाई शुक्रबार बाणिज्य बैंकको सदस्यमा नियुक्त गरेका थिए । शुक्रबार सदस्यमा नियुक्त कोइरालालाई बैंकले भोलि (बुधबार) संचालक समितिको बैठक राखी अध्यक्ष चयन गर्दैछ ।

    बाणिज्य बैंकका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्यमा नियुक्ति गरी कोइरालालाई बैंकको अध्यक्ष चयन गर्न लागिएको हो । कोइराला २०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भए ।

    खाद्य संस्थानको महाप्रबन्धक भएपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइए । त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए ।

    २०५८ मा इश्वर पोखरेल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा कोइराला आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए । आयल निगमको कार्यकारीबाट कार्यकाल सकिएपछि बीचमा केही समय खाली बसे ।

    त्यसपछि पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भए । उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट हटेपछि केही समय उनी बैंक डिफल्टर राजेन्द्र खेतानको लक्ष्मी बैंकको अध्यक्ष भए ।

    पुनः कोइरालालाई पोखरेलले मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति दिलाए । मध्यपश्चिमान्चल विश्वविद्यालयको भीसीको कार्यकाल  सकिएको केही महिनामात्र भएपछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइएको छ ।

    साबिक एमालेमा राजनीतिक योगदान भएका धेरै जना नेता, कार्यकर्ता र पेशाकर्मी थिए, अहिले नेकपामा पनि एक से एक पार्टीका लागि त्याग गर्नेहरुको बाहुल्य छ ।

    तर, नेकपा सत्तामा आएपछि नियुक्ति भने नेताका आफन्तले मात्र पाउँछन् भन्ने दृष्टान्त कोइरालाको सातौं नियुक्तिले पुष्टि भएको छ ।   कोइरालाको नियुक्तीलाई लिएर सामाजिक सन्जालमा नेकपाकै नेता/कार्यकर्ताहरुले बिरोध जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार