Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • यी हुन कोरोना भाइरसलाई परास्त गर्ने औषधी, यसरी हुँदै छ परीक्षण

    यी हुन कोरोना भाइरसलाई परास्त गर्ने औषधी, यसरी हुँदै छ परीक्षण

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं। बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई परास्त गर्न विभिन्न देशमा १५० भन्दा बढी औषधिबारे अनुसन्धान भइरहेको छ।

    तीमध्ये अधिकांश प्रयोगमै रहेका औषधि हुन् जसको परीक्षण कोरोना भाइरसविरुद्ध भइरहेको छ। यूकेले रिकभरी नामक विश्वकै सबैभन्दा ठूलो परीक्षण गरिरहेको छ। त्यसमा १,२०० भन्दा बढी बिरामीलाई सहभागी गराइएको छ।



    कुन औषधिले काम गर्छ र कुन औषधिले गर्दैन भन्नेबारे यो स्पष्ट तथ्याङ्क दिनसक्ने एउटा परीक्षण हो। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले द सोलिडारिटी ट्रायल नामक परीक्षण गरिरहेको छ जसले विश्वभरि भइरहेका भरपर्दा परीक्षणको मूल्याङ्कन गर्नेछ।थुप्रै औषधि उत्पादक कम्पनीहरूले पनि आफ्नै औषधिको परीक्षण गरिरहेका छन्।



    बिबिसीको एक रिपोर्ट अनुसार अहिलेसम्म परीक्षण भइरहेकामध्ये एउटा औषधि चाहिँ जीवनरक्षक हुनसक्ने देखिएको छ। त्यो डेक्सामेथासोन हो र कोरोनाभाइरस विरुद्धको लडाइँमा यो महत्त्वपूर्ण साबित भएको छ।

    त्यस्तै, रेम्डेसिभिर एउटा एन्टीभाइरल औषधि हो जसको विकास इबोला भाइरसको उपचारका लागि गरिएको थियो। एक हजारभन्दा बढी मानिसमा गरिएको क्लिनिकल ट्रायलले लक्षण देखिने १५ दिने समयलाई ११ दिनमा झारिदिएको देखाएको छ। यसले जीवनरक्षा गर्ने त देखाएको छैन तर अनुसन्धान चाहिँ जारी रहेको छ।

    अमेरिकाले औषधि उत्पादक कम्पनी गिलिडसँग सबै आपूर्ति खरिद गरिसकेको छ र केही दक्षिण कोरियालाई दान पनि गरेको छ।

    त्यसैगरी लोपिनाभिर र रिटोनाभिर नामक एन्टीभाइरल औषधिले एचआईभीलाई ‘रिप्लिकेट’ हुनबाट रोक्छ। यी कोरोनाभाइरसको हकमा पनि प्रभावकारी हुनसक्ने चर्चा भएका छन्। तर यूकेको रिकभरी ट्रायलले प्रभावकारी नभएको देखाएको छ भने डब्ल्यूएचओले पनि आफ्नो सोलिडारिटी ट्रायलबाट त्यसलाई हटाएको छ।

    अर्कोतिर  क्लोरोक्विन र त्यससँग सम्बन्धित हाइड्रोक्सी क्लोरोक्निन एन्टीभाइरस हुन सक्छन् र त्यसमा प्रतिरोध प्रणालीको एउटा हिस्सालाई शान्त बनाउने क्षमता हुन सक्छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक रूपमा गरेको दाबीका कारण र शुरूवाती चरणको प्रयोगशाला परीक्षणले कोरोना भाइरसलाई मत्थर पार्न सक्ने देखाएपछि यी औषधि निकै चर्चामा आए।

    तर यूकेको रिकभरी ट्रायलबाट त्यसले कोभिड-१९ को हकमा काम नगर्ने देखायो र डब्ल्यूएओले पनि परीक्षण रोक्यो। कोरोना भाइरस सङ्क्रमण भएर निको भइसकेका व्यक्तिको रगतमा एन्डीबडी हुन्छ जसले भाइरसलाई परास्त गर्न सक्छ। निको भएका व्यक्तिको रगतबाट प्लाज्मा निकालेर बिरामीलाई कन्भालेसेन्ट प्लाज्माको रूपमा दिइन्छ।

    प्लाज्मा थेरापी विधिमार्फत् यूके, अमेरिका र नेपाल लगायत देशमा उपचार भइरहेको छ। केही नयाँ औषधि परीक्षणका क्रममा छन् तर मानिसमाथि परीक्षणका लागि तयार भइसकेका छैनन्। स्रोत: बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार