Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रदेश २ मा काेराेना कहर : अदालतहरु भदौ १५ गते सम्मका लागि बन्द

    प्रदेश २ मा काेराेना कहर : अदालतहरु भदौ १५ गते सम्मका लागि बन्द

    अनलाइन नेपाल
  • सोमबार, ८ भाद्र २०७७
  • 2.8K
    SHARES

    तस्विर गुगल

    जनकपुर । कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनानुदिन बढ्न थालेपछि प्रदेश नम्बर २ मातहत रहेका अधिकांश अदालतहरु भदौं १५ सम्म बन्द रहने भएको छ । उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा र जिल्ला अदालत महोत्तरीको अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

    उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालयका कर्मचारीहरु पनि कोरोना संक्रमित भएका कारण अत्यावश्यक सेवा बाहेक सम्पूर्ण कार्यहरु भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको उच्च अदालत जनकपुरले जनाएको छ ।



    केही साता अघि मात्रै उच्च अदालत जनकपुरका एक न्यायधिशमा कोरोना संक्रमण पोजेटिभ देखा परेको थियो भने सरकारी वकिलको कार्यालयका कर्मचारीमा पनि कोरोनाको संक्रमण पोजेटिभ देखिएको थियो ।



    उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालय, जिल्ला अदालत धनुषा, जिल्ला अदालत महोत्तरीका पदाधिकारीहरु बिच भएको वैठकबाट कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतको कामकारबाही बन्द गर्ने निर्णय गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार