Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • उपत्यकाकाे निषेधाज्ञा भदाै १५ सम्म लम्ब्याउन आग्रह

    उपत्यकाकाे निषेधाज्ञा भदाै १५ सम्म लम्ब्याउन आग्रह

    अनलाइन नेपाल
  • सोमबार, ८ भाद्र २०७७
  • 3.9K
    SHARES

    काठमाडाैं । उपत्यका नगरपालिका फोरमले काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन आग्रह गरेकाे छ ।

    फोरमको सोमबारको बैठकले उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधी भदौ १५ गतेसम्म बढाउन आग्रह गरिएको फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।



    साथै फाेरमले उपत्यकाका स्थानीय तहबाट अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ। यसअघि उपत्यकाका स्थानीय तहले भदौ ९ गतेसम्म सेवा स्थगित गरेका थिए ।



    यस्तै फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको छ । उपत्यकामा समूदायस्तरमै कोभिड-१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको फोरमले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार