काठमाडौं । नेपाली कांग्रेसकाे आसन्न १४ औं महाधिवेशनमा महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापतिका लागि उत्रिने बताएका छन्। उनले याे अधिवेशनमा आफूले शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दाबी समेत गरेका छन् ।
१४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनको भनाइ छ । पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहे पनि
देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहेको उनले बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने बताए ।
Leave a Reply