Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • विप्लवलाई ठुलाे धक्का, ८८ नेता/कार्यकर्ता जसपामा प्रवेश

    विप्लवलाई ठुलाे धक्का, ८८ नेता/कार्यकर्ता जसपामा प्रवेश

    अनलाइन नेपाल
  • सोमबार, ८ भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौँ — नेत्रविक्रम चन्द(विप्लव) समूहको मध्य केन्द्रीय कमान्डका तत्कालीन सैन्य कमान्डर जीवन लामासहित ८८ जना कार्यकर्ता आइतबार जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

    समूहका ब्युरो सदस्यहरू प्रह्लाद फुयाँल, रौतहट जिल्ला पूर्वसेक्रेटरी गोपाल जिम्बा तथा ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, काठमाडौं, दोलखा, धादिङ, नुवाकोट र सिन्धुलीमा विभिन्न तहको जिम्मेवारीमा रहेका कार्यकर्ताहरू पार्टी प्रवेश गरेका जनता समाजवादीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    उनीहरूलाई जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेताहरू अशोक राई, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठसहितका नेताहरूले स्वागत गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार