Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पैदल यात्रु भित्रिन थालेपछि साँखु प्रहरीले सीमामै राख्यो चेक पोस्ट 

    पैदल यात्रु भित्रिन थालेपछि साँखु प्रहरीले सीमामै राख्यो चेक पोस्ट 

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 4K
    SHARES

    काठमाडौं। उपत्यकामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण एकाएक बढ्न थालेपछी नाकाहरूमा काठमाडौं भित्रिने प्रहरीले कडाइ गरेको छ ।

    उपत्यका भित्रिने प्रमुख नाका नागढुंगा, भक्तपुरको साँगा, फर्पिङ,साँखुलगायतका स्थानमा मा चेकिङलाई कडा बनाइएको छ।



    महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार उपत्यका भित्रिने नाकाहरूमा  प्रहरी परिचालन गरेर कडाइ गरिएको छ ।



    सिन्धुपाल्चोक हुँदै साँखु नाकाबाट  मानिसहरु हिँडेरै भित्रिन थालेपछि साँखु प्रहरीले चेकिङलाई कडा बनाएको छ । साँखु प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीअनुसार सीमा नाकामा अस्थायी चेक प्वाइन्ट नै राखेर चेकिङलाई कडा बनाइएको छ  । चौबीसै घण्टा ड्युटी रहने गरी चेक प्वाइन्ट राखिएको उनको भनाइ छ ।

    केही दिन यता सिन्धुपाल्चोक र काभ्रे जिल्लाबाट अत्यावश्यक सेवाबाहेकका मानिस साँखु नाकाबाट हिँडेर आउन थालेपछि साँखु प्रहरीले सिमा नाकामा सक्रियता देखाएको हो।

    शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले नाका निरीक्षण गर्दै साखु प्रहरी प्रभाग निरीक्षक गोविन्द पन्थीको काम कारबाहीको प्रशंसा  समेत गरेका छन्।

    सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका भोटेचौर र साँखुको शंखरापुर नगरपालिका-२ मा चेक पोस्ट स्थापना गरिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार