Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय

    नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको छ । त्यस प्रयोजनका निम्ति पर्यटन मन्त्रालयले नियामक प्राधिकरणको समन्वयमा उडान तालिका बनाउनेछ।



    मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले सरकारको निर्णयअनुरुप दैनिक ५०० यात्रु नबढ्ने गरी नियमित उडानको तालिका बनाउन मन्त्रालय जुटेको बताए । उहाँले पर्यटन मन्त्रालय, नियामक प्राधिकरण र सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गरेर नियमित उडानको तालिका बनाइनेछ ।
    सरकारी निर्णयअनुरुप पिसीआर परीक्षण सहज भएका मुलुकबाट नियमित र पिसीआर सहज नभएका मुलुकबाट उद्धार चार्टर्ड उडान गरिनेछ । “सरकारको निर्णयअनुरुप भदौ १६ देखि हुने नियमित उडानको तालिका बनाउन हामी लागिपरेका छौँ, सोमबार या मङ्गलबारभित्र उडान तालिकाको टुङ्गो लगाइनेछ”, सह–प्रवक्ता पौडेलले भने ।



    नेपालका दुई नेपाल वायु सेवा निगम ‘नेपाल एयरलाइन्स’ र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नियमित उडान गर्नेछन् । सह–प्रवक्ता पौडेलका अनुसार दैनिक ५०० मात्रै यात्रु ल्याउने निर्णयअनुरुप वाइडबडी ए ३३० जहाजको हकमा दैनिक दुई वडा तथा न्यारोबडी ए ३३० जहाजमार्फत उडान गरिए दैनिक तीनवटा जहाजले नियमित उडान गर्नेछन् । यी उडानमा नेपालीसहित विदेशी एयरलाइन्सले तालिकाअनुसार उडान भर्नेछन् ।

    पिसिआर सहज नभएका मुलुकबाट भने उद्धार चार्टर्ड उडान सञ्चालन गरिनेछ । चार्टर्ड उडानको छुट्टै तालिका बनाइने मन्त्रालयले जनाएको छ । सरकारले नियमित उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आवश्यक तयारीका लागि पर्यटन मन्त्रालय र प्राधिकरण जुटेको हो ।

    प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सरकारी निर्णयअनुसार दैनिक ५०० यात्रु ल्याउने गरी सम्बन्धित मुलुक र गन्तव्यबाट हुने उडान तालिकाको तयारीमा जुटेको ई जानकारी दिए । “भदौ १६ देखि हुने नियमित उडानको तालिका बनाउन छलफलमा जुटेका छौँ, उडान तालिका छिट्टै टुङ्ग्याउँछौँ ।”

    सरकारले पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गर्ने निर्णय गरेको छ ।

    पिसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन पाइनेछैन । यी मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश फर्काइने छ । सरकारले नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावलीबमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउने जनाएको छ । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार