Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • वीरगञ्जको कोरोना अस्पतालबाट प्रहरीलाई छक्काउँदै दुई जना संक्रमित भागे

    वीरगञ्जको कोरोना अस्पतालबाट प्रहरीलाई छक्काउँदै दुई जना संक्रमित भागे

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 2.5K
    SHARES

    वीरगञ्ज । वीरगञ्जको कोरोना अस्पतालबाट प्रहरीलाई छक्काउँदै दुई जना संक्रमित भागेका छन्। वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट उनीहरू भागेका हुन् ।

    डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ । उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार