Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सेना–प्रहरीसहित पर्सा र बारामा थपिए १ सय ५६ कोरोना संक्रमित

    सेना–प्रहरीसहित पर्सा र बारामा थपिए १ सय ५६ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 3K
    SHARES

    वीरगञ्ज ।सेना–प्रहरीसहित पर्सा र बारामा १ सय ५६ कोरोना संक्रमित थपिएका छन्। नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ।

    प्रशासनका अनुसार पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको छ ।संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार