काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछिल्लो समय सञ्चार गृहमा प्रवेश गरेको छ। काठमाडौंमा प्रहरी,अख्तियार,सर्बोच्च हुँदै फैलिएको कोरोना संक्रमण अब अनलाइन संचारमाध्यममा पनि पुगेको छ।
अनलाइनखबर डटकमका पत्रकार कोरोनाबाट संक्रमित भएका छन् ।
स्रोतका अनुसार बिध ल्याबमा गरिएको परीक्षणका क्रममा अनलाइनखबर डटकमका पाँच जना पत्रकार कोरोनाबाट संक्रमित भएको खुलेको छ ।
संक्रमित हुनेमा न्युज डेस्कमा कार्यरतदेखि रिपोर्टिङमा खटिनेसम्म रहेको बुझिएको छ ।
त्यसैगरी काठमाडौं बाहिरका केही पत्रकार पनि संक्रमित भएको जनाइएको छ। नारायणी एफएम १०३ दशमलव ८ मेगाहर्जका ५ जना सञ्चारकर्मी तथा कर्मचारी पनि संक्रमित भएका छन्।
Leave a Reply