Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • निषेधाज्ञापछि पनि घटेन काेराेना संक्रमित दर, दोहोरो समस्यामा पर्नसक्छ सरकार

    निषेधाज्ञापछि पनि घटेन काेराेना संक्रमित दर, दोहोरो समस्यामा पर्नसक्छ सरकार

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ह्वात्तै बढेको भन्दै विहिबारदेखि निषेधाज्ञा गरेको छ । यसअघि २०७६ साल चैत ११ गतेबाट गरिएको लकडाउन साउन ७ गतेबाट हटाइएको थियो ।

    काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले विहिबारबाट निषेधाज्ञा गरेको थियो ।



    कालीमाटी बल्खुलगायत बाहेक बजार र सडक हेर्ने हो भने निषेधाज्ञाको पालना राम्रैसँग भएको देखिन्छ । हुनत जिल्ला प्रशासनले मर्निङवाक गर्नेलाई पनि कारबाही गर्ने जानकारी गराएको छ ।



    निषेधाज्ञाको पहिलो दिन विहिबार विना कारण हिडेको भन्दै हजारौं व्यक्ति तथा सवारीसाधनलाई होल्ड गराइएको थियो ।

    निषेधाज्ञाको तेस्रो दिनसम्म आइपुग्दा उपत्यकामा कोरोना संक्रमितको संख्यामा भने खासै परिवर्तन आउन सकेको छैन ।

    निषेधाज्ञाको अघिल्लो दिन अर्थात बुधबार काठमाडौं उपत्यकामा जम्मा १ सय ५९ कोरोना संक्रमित फेला परेका थिए । जसमध्ये काठमाडौंमा १ सय ३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    तर, निषेधाज्ञाकै दिन विहिबार काठमाडौं उपत्यकामा २०० जना कोरोना संक्रमित फेला परे । जसमध्ये काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको थियो ।

    त्यसैगरी निषेधाज्ञाको दोस्रो दिन भदौ ५ गते शुक्रबार काठमाडौंमा १४२ सहित उपत्यकामा १८२ संक्रमित थपिएका थिए । जसमध्ये काठमाडौंमा १ सय ४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार हालसम्मकै सबैभन्दा बढी ११ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

    त्यसो त आज अर्थात निषेधाज्ञाको तेस्रो दिन काठमाडौं उपत्यकामा २ सय १६ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये काठमाडौंमा १ सय ६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना नयाँ संक्रमित थपिएका हुन् । आज थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

    यो तथ्यांकले के देखाउँछ भने निषेधाज्ञा पछि पनि उपत्याकामा संक्रमितको संख्या बढिरहेको छ । निषेधाज्ञाको रिजल्ट आउन बाँकी हो या निषेधाज्ञा समस्याको समाधान नै होइन् ? के यो प्रश्नप्रति सरकार गम्भिर छ त ?

    यदि सरकारले यतातिर ध्यान नदिने हो भने सरकार आफै दोहोरो अप्ठेरोमा नपर्ला भन्न सकिन्न । एकातिर जनता गुमाउनुको पिडा र अर्कोतिर संघीयताका नाममा थपिएका मन्त्री र सांसदहरुलाई तलब खुवाउन नसक्नुको पिडा । त्यसबाहेक देशले बेहोर्नुपर्ने घाटा त छँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार